ब्लाष्टखबर ।  कुवेतका अमिर शेख सबा अल अहमद अल सबाहको निधन भएको छ । 
 
वरिष्ठ राजनीतिज्ञ एवम् शीर्ष नेता शेख सबा अल अहमद अल सबाहको ९१ वर्षमा निधन भएको हो ।  अरब युद्धपश्चात् इराकलाई त्यसबेला साथ दिने अन्य मुलुकसँग सम्बन्ध पुनर्स्थापित गर्न सफल भएका उनलाइ "डीन अफ अरब डिप्लोमसी" भनिने गरिन्छ । उनले खाडी युद्धपछि इराकसँग निकटता बढाई तेल व्यापारमार्फत सम्पन्न राष्ट्र निर्माणको जग निर्माण गरेका थिए ।
 
सन् १९२९ मा जन्मिएका शेख सबाह  प्राय: अरब क्षेत्रमा देखिने क्षेत्रीय तनाव कम गर्न उनी मध्यस्थताका लागि क्रियाशील हुने गर्थे। संयुक्त राष्ट्रसङ्घका महासचिव एन्टेनियो गुटेरसले उनलाई "ज्ञान तथा उदारताका असाधारण प्रतिक एवं शान्तिका दूत" भनेका छन्।
 
मंगलबार कुवेतको राष्ट्रिय टेलिभिजनमा कुवेतको दरबार मामिला हेर्ने मन्त्री शेख अलि जाराह अल-सबाहले उनकाे मउत्युकाे घाेषणा गरेका थिए । यद्दपी उनकाे मउत्युकाे कारण भने बताइएकाे छैन । उनि १९६३ देखि २००३ का बीच लगभग ५० वर्ष विदेशमन्त्रीका रूपमा थिए उनलाइ आधुनिक कुवेतको विदेश नीतिको वास्तुकारका रुपमा चिनिन्छन् । मन्त्रीपछि  प्रधानमन्त्री हुँदै सन् २००६ मा शेख जबर अल सबाको मृत्युपछि उनी कुवेतको अमिर बनेका थिए ।   
 
उनका ८३ वर्षीय भाई शेख नवाफ अल अहमद अल सबालाई भने अस्थायी रुपमा क्राउन प्रिन्सको रुपमा केही अधिकार प्रदान गरिएको छ । 
 
शेख सबा अल अहमद केहीदिन पहिले शल्यक्रियाका लागि अमेरिका गएको थिए । उनका लागि अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले  अमेरिका लैजानका लागि एयरफोर्स विमान पठाएका थिए । ट्रम्पको सो कदमको प्रशंसा गर्दै कुवेती राजकुमारले उनलाई धन्यवादसहितको पत्र पठाएका छन् ।  स्राेत बीबीसी