ब्लाष्टखबर । सुनसरी र माेरङमा दुई स्थानबाट लागुऔषध सहित २ जना पक्राउ परेका छन् ।
पत्रफाउ पर्नेमा सुनसरीकाे हरिनगर – ६ का २५ बर्षीय जिवराईल अन्सारी र मोरङको दरैयाबाट ३६ बर्षीय दिपक तामङ रहेका छन् ।
अन्सारीलाई गत सोमबार ईटहरी-६ स्थित हङकङ मार्केटको नजिकैबाट १६ सय ट्यबलेट नाइट्राेसन सहित ईलाका प्रहरी कार्यालय ईटहरीले पक्राउ गरकाे जनाएकाे छ ।
कार्यालयले अन्सारीले अबैध लागुऔषधको कारोबार गर्ने गरेको सुचना पाएसंगै प्रहरीको निग्रानीमा रहेका उनलाई नियन्त्रणमा लिइ उनले बोकेको झोला चेकजाँच गर्दा लुकाई छिपाई राखीएको अवस्थामा साे परिमाणकाे लागुऔषध फेला परेकाे जनाएकाे छ ।
त्यस्तै, मोरङको दरैयाबाट ३६ बर्षीय दिपक तामङ लागुऔषध सहित पक्राउ परेका छन । मंगलबार साँझ पौने ७ बजे मोटरसाईकलमा रहेका तामाङलाई नियन्त्रणमा लिई चेकजाँच गर्दा उनको साथबाट लागुऔषध स्पास्माे १०, चक्की, निट्राेराेभेट १० चककी र डाइलेक्स डिसी ३ बाेतल बरामद गरेको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । त पक्राउ परेका दुबै जना उपर कानुनी कारबाही अगाडी बढाईएकाे १ नम्बर प्रदेश प्रहरी कार्यालय, विराटनगरले जनाएकाे छ ।
