इटहरी । इटहरीका होटलहरुमा अबैध काम गर्नेहरुलाई इटहरी छाड्न प्रहरीले उर्दि जारी गरेको छ ।

होटलहरुमा अबैध काम गर्नेहरुलाई इटहरी छोड्न प्रहरीले चेतवानी दिएको हो । पछिल्लो समयमा इटहरीमा यौनधन्दा बढेको भन्दै प्रहरीले निगरानी सुुरु गरेको जनाएको छ

लुकिछिपी होटलहरुमा यौन धन्दा गरेको भन्दै प्रहरीले यस्ता व्यवसायीहरुलाई कडा कारवाही गरिने इलाका प्रहरी कार्यालय इटहरीले जनाएको छ । होटलहरुमा बस्नेहरुको तथ्याकलाई व्यवस्थित गर्दै उमेर नपुगेकाहरुलाई होटलमा नराख्न प्रहरीले निर्देशन जारी गरेको छ ।

होटल व्यवसायी संघ इटहरी र इलाका प्रहरी कार्यालय इटहरी बिचको अन्तरक्रिया कार्यक्रममा व्यवसायलाई व्यवस्थित बनाउन प्रहरीले आग्रह गरेको हो । इलाका प्रहरी कार्यालयका डिएसपी अर्जुन केसीले होटलमा अमर्यादित क्रियाकलाप गरे कसैलाई नछोड्ने चेतावनी दिए । व्यवसायीहरुलाई होटलमा अमर्यादित व्यवसाय नगर्न आग्रह गरे ।

होटलहरुमा बस्नेहरुको डाटा चुस्त दुरुस्त राख्न प्रहरीले आग्रह गरेको छ । अधिकांस होटलहरुमा ग्राहकहरुको इन्ट्री गर्दा अनिवार्य परिचय नराखेको पाईएको भन्दै तत्काल सरकारको कानुन पालना गर्न आग्रह गरिएको इलाका प्रहरी कार्यालय इटहरीका डिएसपी केसीले बताए । हामी बेला बेला होटलहरुमा अनुगमन गछौ त्यो बेला अबैध धन्दा गरेको भेटिए कसैलाई छोड्दैनौ उनले भने ।

होटल व्यवसायी संघ इटहरीका अध्यक्ष जीवन पराजुलीले पनि होटलहरुमा अनैतिक काम नगर्न व्यवसायीहरुलाई आग्रह गरे । होटल व्यवसायीहरुलाई बदनाम गर्ने खालका कुनै पनि काम नगर्ने अध्यक्ष पराजुलीले व्यवसायीहरुलाई आग्रह गरे । होटल व्यवसायीहरु मर्यादित भए मात्र व्यवसाय फस्टाउने उनको भनाई थियो ।

होटल ब्यवसायी संघ प्रदेश एकका अध्यक्ष मडिन्द्र कटुवालले होटल व्यवसायीहरुमा अनुशासन नभएको बताए । सामान्य नियम समेत पालना नगरि होटल गर्नेहरुलाई आफुहरु पनि निरुत्साहित गर्दै आएको बताए । होटलहरुलाई सबैले व्यवस्थित गरे मात्र पर्यटन व्यवसाय फस्टाउँने उनको भनाई थियो ।

उद्योग बाणिज्य संघ इटहरीका अध्यक्ष भिम पौडेलले व्यवसायीहरुले इमान्दारीताको साथ व्यवसाय गर्न आग्रह गरे । पछिल्लो केहि बर्ष यता इटहरीका होटलहरु व्यवस्थित बन्दै गएको भन्दै अझै व्यवस्थित हुन जरुरी रहेको बताए । प्रदेश एककै चौरास्त शहर इटहरीमा होटल व्यवसाय समेत फस्टाउँदै गएको उनको जिकिर थियो ।

प्रदेश एककै केन्द्र विन्दु इटहरीमा होटलमा लगानी समेत बढ्दो छ । इटहरीमा करिब १२ सयको हाराहारीमा होटल सञ्चालनमा छन । ६ बर्ष अघि सम्म यौन धन्दाले बदनाम भएको इटहरीमा यौनधन्दा रोकिएको व्यवसायीहरुले दाबी गर्दै आएको छन । होटलहरुलाई व्यवस्थित गर्नुको विकल्प नभएको कार्यक्रममा सहभागीहरुको भनाई थियो ।