विराटनगर । बजारमा विषाक्त रसायन (मिथानोल) मिश्रिमत ह्यान्ड सेनिटाइजर बजारमा बिगबिगी भएको पाइएपछि औषधी व्यवस्था विभागले अनुमगन गरि कडाइ गरेपछि मापदण्ड पूरा गर्न नसक्ने उद्योगहरू धमाधम बन्द हुन थालेको छ ।

औषधी व्यवस्था विभागले तोकिदिएको मापदण्ड पूरा गर्न नसक्दा मोरङका सेनिटाइजर उद्योगहरू बन्द हुन थालेका हुन् ।
मोरङको बुढीगंगा गाउँपालिका स्थित महेश सोहनीले संचालन गरेको सेनिटाइजर उत्पादन गर्ने ‘पपुलर प्रोडक्स प्रालि’ उद्योग बन्द भएको छ ।

सहनीले लकडाउन सुरू भएपछि सोहनीले बुढीगंगा गाउँपालिका भित्र सेनिटाइज उत्पादन गर्ने उद्योग संचालनमा ल्याएका थिए । औषधी व्यवस्था विभाग विराटनगरले गरेको अनुगमनको क्रममा सो उद्योगले मापदण्ड पूरा नगरेको पाइएपछि एक महिना भित्र विभागले तोकेको मापदण्ड पूरा गर्न निर्देशन दिएको थियो ।

मंगगलबार विभागले गरेको अनुगमनको क्रममा मापदण्ड पूरा गर्न नसकेपछि बन्द गरेको भेटिएको हो । ‘एक महिना अगाडी अनुगमनको क्रममा आउँदा सेनिटाइजर उत्पादन गर्ने यो उद्योगले कुनै मापदण्ड पूरा गरेको भेटिएको थिइन्,’ विभागका फार्मेशी निरीक्षक दिपेन्द्र खड्काले भने, ‘अहिले हामीले अनुगमनमा निस्किदा बन्द भएको रहेछ ।’

औषधी व्यवस्था विभाग विराटनगरका प्रमुख संन्जिब शर्मा कट्टेलको नेतृत्वमा मंगलबार विराटनगरसहित मोरङको पाँच वटा सेनिटाइजर उत्पादन गरिने उद्योगको अनुगमन गरिएको थियो । अनुगमनको क्रममा विराटनगर – १५ ग्यालक्सी डेन्डल एण्ड सर्जिकल सप्लार्यसले मापदण्ड पूरा नगरेको भेटिएको छ ।

अनिल चौधरीले संचालन गरेको सो सप्लार्यसले मापदण्ड पूरा नगरेको भेटिएपछि मौज्जाद गरिएको १ सय ९४ कार्टुन सेनिटाइजर बरामद गरेको फार्मेशी निरीक्षक खड्काले बताए । ‘औषधी व्यवस्था विभागले तोकेको मापदण्ड पूरा नगरेको पाइएपछि मौज्जात गरेर राखिएको सेनिटाइजर बरामद गरेका छौं,’ उनले भने, ‘बरामद गरेको सेनिटाइजरको सेम्पल कलेक्सन गरेर राष्ट्रिय औषधी प्रयोगशालामा परीक्षणमा पठाउनेछौं । त्यसपछि यसको गुणस्तर थाहा हुन्छ ।’ गुणस्तरहिन सेनिटाइजर भएको परीक्षणबाट पुष्टि भए विभागले थप कारवाहीको तयारी अगाडी बढाउने उनले बताए । परीक्षण रिपोट नआउनेजेल सो उद्योगको उत्पादन भएको सेनिटाइजर पनि विक्री वितरणमा रोक लगाएको छ ।