ब्लाष्टखबर । जबरजस्ती करणी मुद्दाका फरार २ प्रतिवादी पक्राउ परेका छन्र ।

विराटनगर महानगरपालिका-८ बस्ने २० वर्षीय मोहमद सहिद मिया र सोही ठाउँ  बस्ने २५ वर्षीय मोहमद असलम मियालाई आइतबार प्रहरीले पक्राउ गरेको हाे ।

जिल्ला प्रहरी कार्यालय मोरङबाट खटिएको प्रहरीले उनीहरुलाई विराटनगर महानगरपालिका-८ सुकुम्बासी टोलबाट पक्राउ गरेको हो ।

पक्राउ व्यक्ति उपर जबरजस्ती करणी उद्योग अन्तर्गत कारवाही प्रकृया अगाडि बढाइएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ ।