धरान / धरान १५ महादेव चोक निवासी अशक्त मजदुर पुण्य प्याकुरेलको घरमा वोर्ल्ड लिङ्गकले निशुल्क इन्टरनेट सेवा जडान गरि दिएको छ ।
लामो समयदेखिओछ्यानमा थलिएका प्याकुरेलका एक छोरा र एक छोरीको अनलाइन कक्षामा सहभागी हुनबाट बञ्चित नहुन भनेर वोर्ल्ड लिङ्गक धरान शाखाका सेल्स सुपरभाइजर प्रशान्त कार्कीले इन्टरनेट जडान गरिदिएका हुन ।
 
कार्कीले वोर्ल्ड लिङ्गक नाफाका लागि मात्र काम नगर्ने मानविय सहयोगमा पनि सामेल हुने बताउँदै इन्टरनेट जडान गरिएकाे जानकारी गराएका छन् ।
 
वार्षिक १३ हजार रुपैया शुल्क लाग्ने २० एमबिपिएस स्पिडको इन्टरनेट सेवा निःशुल्क जडान गरिदिएकाे कार्कीले बताएका छन् ।जडान गरिएकाे नेट आज बिहानदेखि सुचारु गरिएको छ ।