मलको मोलमोलाईमा कुरा नमिलेपछि ४ प्रहरी निलम्बन

alt
  • आश्विन १०, २०७७
  • ब्लाष्ट खबर

दमक । मल व्यवसायीसँग पैसाको लेनदेनका कारण ४ जना प्रहरी निलम्बनमा परेका छन् ।

झापाको दमकबाट ४ जना प्रहरीहरु एक जना असइ, हवल्दार जवान र एक जना ट्राफिक प्रहरी निलम्बनमा परेका हुन् ।

इलाका प्रहरी कार्यालय दमकका प्रमुख डिएसपी बिजयराज पण्डितका अनुसार बिल बिना युरिया मल ल्याउदै गरेको ट्याक्टर ताराबारी ढाटमा बसेका प्रहरीले समातेका थिए । तर माथिल्लो तहमा खबरै नगरि भोलीपल्टै छाडेका थिए । पण्डितले भने, प्रहरीको चेन अफ कमाण्ड उल्लघंन गरेको भनेर निलम्बनमा राखिएको छ, अरु बिस्तृत अनुसन्धानबाट खुल्ने छ ।

यथार्थ विवरण उपल्लो तहमा विवरण पेश नगरेको आरोप उनीहरुमा छन् । असइ भरत कोइराला सहित हवल्दार शिवचन्द्र मुखिया, जवान भिमलाल चौधरी र ट्राफिक प्रहरी जवान मनकुमार रुचाल प्रहरी निलम्बनमा परेका हुन् ।

भदौ २४ बेलुका ताराबारीमा उनीहरुले ट्याक्टर समातेका थिए । उनीहरुले ६५ हजार रुपैयाँ लिएर ट्याक्टर छाडेको आरोप छ । डिएसपी पण्डितका अनुसार घटनाको अनुसन्धान भइरहेकाले अहिले यर्थाथ बुझ्ने काम भइरहेको छ ।

को हुन् लेखक–पत्रकार ...

पत्रकारिता आम सञ्चारमाध्यमको एउटा साधन, सीप र कला हो । ...

दमक भ्यूटावरमा पाइलक ...

दमक/ झापाको दमक–३ आँपगाछीमा भ्यूटावर निर्माणको का ...

कोरोनाविरुद्ध सरकार ...

असोज लागेयता सरकारले कोरोना महामारीको हकमा एकपछि अर्को ...

आजको राशिफल, कात्तिक ...

श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ सा ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved