ब्लाष्टखबर । झापाको अर्जुनधारा-५ स्थित बैसाबारीका तीन युवा गोरु काटेर खाएको आरोपमा पक्राउ परेका छन ।

पक्राउ पर्नेमा २० बर्षीय ईमन दाहाल, २७ बर्षीय विरबहादुर दनुवार र बर्ष २७ कै टिकाराम दनुवार रहेकाे प्रहरीले जनाएकाे छ । आज शनिबार बिहान ८ बजे उनिहरुले गोरु काटेर खाई गोरुको टाउको र खुट्टाहरू नजिकै रहेको उखुबारीमा गाडेको भनि स्थानीयले प्रहरी चौकी शनिश्चरेमा खबर गरेपछि उनीहरूलाइ पक्राउ गरिएकाे प्रहरीले जनाएकाे छ ।

उनिहरुले गाडेको गोरुको टाउको र खुट्टा समेत फेला पारीएको र पक्राउ परेका तिनै जना उपर कानुनी कारबाही अगाडी बढाईएको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।