बराहक्षेत्र । बराहक्षेत्र नगरपालिका वार्ड नम्बर १ कटहरेकी १२ बर्षकी बालिका मिना राईको हत्या भएको छ ।

हत्या राती करिव २ बजे भएको ईलाका प्रहरी कार्यलय चक्रघट्टीका प्रहरी निरीक्षक पान्डव रावबंशीले बताएका छन् । हत्या मृतकको आफ्नै घरकाे काेठामा भएको हाे । घटनास्थल वरिपरी बियरक बोटलहरू भेटिएको प्रहरी निरीक्षाक राजवंशीले जानकारी दिए ।

घटनास्थल पुगेका वार्ड नम्बर १ का वार्ड सदस्य लोक बहादुर दाहाल भन्छन्, ती बालिका हिजाे राती छिमेकीकाे घरमा धामी बसेकाे हेर्न आमा,बुबा सहित मृतक पनि गएकी रहेछिन् तर उनी आमा,बुबा भन्दा अघि नै घर फर्केकी रहेछिन् । धामी बसेकाे हेरेर आमा,बुबा घर फर्किंदा उनी मृत अवस्थामा भेटिएकाे परिवारका सदस्यले जानकारी दिएका छन् ।

घटनाको सम्बन्धमा थप अनुसन्धान भईरहेको प्रहरीले बताएको छ ।