ब्लाष्टखबर । धरान स्थित बीपी काेइराला स्वास्थ विज्ञान प्रतिष्ठानमा सप्तरीका एक काेराेना  संक्रमितकाे मृत्यु भएकाे छ । 

उच्च ज्वराे, खाेकी र स्वास्प्रस्वास कठिनाइ भएपछि विराट मेडिकल कलेज विराटनगरबाट रिफर भएइ असोज ८ गते काेराेना संक्रमण पुष्टि भएका राजविराज ३ का ६३ बर्षीय पुरूषकाे  गयराती साढे १ बजे मृत्यु भएको प्रतिष्ठानका प्रवक्ता डा.निदेश सापकोटाले जनाएका छन् ।

उनका अनुसार असोज ८ रिफरभएका उनकाे काेभिड अस्पतालमा भर्ना भएका थिए । उनलाई भेन्टिलेटरमा राखेर भइरहेकाे उनकाे उपचारको क्रममा नै मृत्यु भएको हाे । याे संगै प्रतिष्ठानमा काेराेना संक्रमृत मृत्यु हुने   संख्या ३४ पुगेको छ ।