ब्लाष्टखबर । झापाका २ स्थानबाट लागूऔषध ब्राउनसुगरसहित तीन जना पक्राउ परेका छन् । 

गयराती प्रहरीले अर्जुनधारा–११ बसपार्क र बिर्तामोड भगवान चोकबाट बिर्तामोड–३ का २४ वर्षीय विशाल राजवंशी र सोही स्थानका १५ वर्षीय नरप्रसाद राजवंशी रहेका छन् भने बिर्तामोड–२ का २२ वर्षीय प्रदीप राजवंशी रहेकाे जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

 बिशाल र नर प्रसाद ११ ग्राम ब्राउनसुगरसहित अर्जुनधाराबाट पक्राउ गरेकाे हाे भने,  प्रदीप १० ग्राम ब्राउनसुगरसहित बिर्तामोड भगवान चोकबाट पक्राउ गरेकाे उक्त कार्यालयले जनाएको छ ।

पक्राउ परेका तीनै जनामाथि ईलाका प्रहरी कार्यालय अनारमनीबाट थप अनुसन्धान तथा कानुनी कारबाही अगाडि बढाइएको छ ।