ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ९७ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ६९ हजार ३ सय १  पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार आज ४ सय ५७ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ५० हजार ४ सय ११ जना पुगेको छ। 

देशभर १८ हजार ४ सय ३७ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा १७ जना कोरोना संक्रमितकाे मृत्यु भएकाे छ । याेसंगै हालसम्म मृत्यु हुनेको संख्या ४ सय ५३ पुगेको छ।