मधुमल्ला/ मोरङ मिक्लाजुङमा एक पुरुषमा कोरोना संक्रमण पुष्टि भएको छ । मोरङ मिक्लाजुङ ९ का ६४ बर्षीय पुरुषमा कोरोना संक्रमण पुष्टि भएको हो ।

शनिबार मिक्लाजुङ गाउँपालिका बाट ४० जनाको पीसीआर परिक्षणका लागि प्रदेश प्रयोगशाला बिराटनगर पठाईएकोमा मंगलबार आएको रिपोर्टमा एक जनाको पोजेटिभ आएको मिक्लजुङ गाउँपालिका स्वास्थ्य शाखा अधिकृत चिन्तामणी पोख्रेलले बताए ।

संक्रमितमा संक्रमणको स्रोत भने पत्ता लागेको छनै । संक्रमीत पुरुष श्रीमतीको उपचारका लागी भरतपुर गएको र भरतपुरमा पिसिआर परिक्षण गर्दा उनको श्रीमतीमा पोजेटीभ देखीएको थियो । भरतपुर बाटा उनीहरु घरआई होम क्वारन्टीनमा बस्दै आएका थिए । पुन गत शनिबार उनिहरुको परिक्षणका लागि स्वाब पठाईएकोमा श्रीमतीको रिपोट नेगेटिभ आएको छ ।

संक्रमीत हाल होम आईसोलसनमा रहेकाछन । संक्रमीत कुनै प्रकारको स्वास्थ्य समस्या नदेखएिको मिक्लाजुङ गाउँपालिकाका स्वास्थ्यकर्मी रोहिणी भट्टराईले बताए । हाल मिक्लाजुङमा बिभिन्न देश बाट आएका पाँच जना ओम क्वारेन्टीनमा बसेको भट्टराईले जानकारी दिए ।