ताप्लेजुङ/ ताप्लेजुङको सिरीजंघा गाउँपालिका वडा नं ८ याम्फुदिनको थिबुकमा एक युवकले एकै परिवारका तिन जनामाथी धारीलो हतियार प्रहार गरेका छन् ।

उनीहरुको अवस्था गम्भिर रहेको बताईएको छ । स्थानिय २२ वर्षीया लाक्पा भोटेले आफ्नै ६० वर्षिया ठूलीआमा फुटी भोटे, ठुलोबुवाको छोरा ३६ वर्षिय पासाङ भोटे र अर्काछोरा १८ वर्षिय छिरिङ भोटेलाई मध्यराती टाउको र गर्धनमा बाम्फोक प्रहार गरेको ताप्लेजुङका प्रमुख जिल्ला अधिकारी झरेन्द्रप्रसाद चापागाईले जानकारी दिए ।

गम्भिर घाईते तीन जनाको याम्फुदिन स्वास्थ्य चौकीमा उपचार भईरहेको र गम्भिर घाईते तिनै जनालाई थप उपचारका लागि हेलिकप्टर मार्फत काठमाण्डौ लैजाने तयारी गरिएको प्रजिअ चापागाईले बताए ।

सो क्षेत्रमा एम्बुलेन्स पुग्न नसक्ने भएका कारण हेलिकप्टरबाट लैजान लागिएको हो । बाम्फोक प्रहार गर्ने लाक्पा फरार रहेकाले उनको खाजीकार्य जारी रहेको ताप्लेजुङका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।

घटनास्थलमा प्रहरी चौकी याम्फुदिनका असईको नेतृत्वमा ३ जनाको टोली पुगेको र ईलाका प्रहरी चोकी तेल्लोकवाट पनि प्रहरी निरीक्षकको नेतृत्वमा टोली खटिएको डिएसपी श्रेष्ठले बताए । घटनास्थल ईलाका प्रहरी कार्यालय तेल्लोकबाट ८ घण्टाको पैदल दुरीमा पर्छ । घटनाको विषयमा थप अनुशन्धान भईरहेको प्रहरीले जनाएको छ ।