धरान । इटहरीमा नाबालिका बलात्कृत भएकी छन् ।

इटहरी–१६ मा नाबालिकामाथि जबर्जस्ती करणी गरेको अभियोगमा ४८ वर्षीय कृष्णप्रसाद ढकाललाई पक्राउ गरिएको छ । ढकालले साउन ९ गते बलात्कार गरेको पीडितको उजुरीको आधारमा सोमबार पक्राउ गरिएको हो । इलाका प्रहरी कार्यालय पकलीको टोलीले विशेष सूचनाको आधारमा पक्राउ गरी कारबाही प्रक्रिया अगाडि बढाइएको जनाएको छ ।