Trending Tags

पीसीआर स्वाब सकलनको नाममा कानुन विपरीत रकम असुल्दै स्वास्थकर्मी

alt
  • आश्विन ५, २०७७
  • दिनेश सुब्बा

पथरी । मोरङको पथरीशनिश्चरे नगरस्थित पथरी नगर अस्पतालका स्वास्थकर्मी मुरारी आचार्यले सरकारी निर्देशनको उलंघन गर्दै पीसीआर स्वाब संकलनमा रकम असुलेको तथ्य फेला परेको छ ।

पथरीशनिश्चरे–१ स्थित कवाडी संकलन केन्द्र भित्रै बसिरहेका छ जनालाई पीसीआर स्वाब संकलन गरे बापत जम्मा २६ हजार ४ सय रकम लिएको तथ्य फेला परेको हो ।

उनले एकजना बराबर ४ हजार ४ सय रुपैया लिएको बबुर अलिले बताए । सुरुमा स्थानीयबासीबाट पीसीआर परिक्षण गर्नुपर्ने आवाज उठे पछि पथरी नगर अस्पतालमा कार्यरत स्वास्थ्यकर्मी आचार्यले कबाडी संकलन गर्ने मजदुरहरु भएकोमा आएर पीसीआर टेष्ट गर्नु अस्पताल आउनु भनेका थिए ।

त्यहाँ आउँदा एकजना बराबर ४ हजार ४ सय रुपैया पैसा पनि ल्याएर आउनु भनेपछि उनिहरुले रकम खोजेर लगेका मजदुरहरु बताउँछन ।

कबाडी पसलछेउका चित्रबहादुर थापाले नगरअस्पतालले गैरकानुनि कमाउ धन्दा हो । यो लिएको रकम मजदुरहरुलाई फिर्ता गरिदिनु पर्ने माग राखेका छन । कबाडी मजदुर छ महिनादेखी काम नचल्दा आफू बस्ने घरभाडा तिर्न, खानबस्न नै समस्यामा पर्दै आएको बबुर अलिले बताएका छन ।

समाचार संकलनको लागि प्रत्रकारहरुको टोलि त्यहाँ पुग्दा समस्याहरु राख्दै सुरक्षा चुनौती समेत रहेकोले समाचार प्रकाशन नगरिदिन बताएका थिए । पीसीआरको स्वाब संकलनमा पैसा नलाग्ने थाहा हुँदाहुँदै जबर्जस्ति मागिएपछी दिन बाध्य भएको उनिहरुको भनाई थियो ।

त्यो रकम पनि अस्पतालको बिलिङ शाखामा नभएर गेटमा बस्ने सुरक्षा गार्ड लोकराज राई मार्फत कर्मचारी आचार्यले लिएका थिए । कबाडी मजदुरले रकम तिर्नुभन्दा अघिनै आचार्यले अस्पतालको नाममा एकमुष्ट २६ हजार रुपैयाँको बिल सुरक्षा गार्डलाई दिएको देखिन्छ । यद्यपि उक्त बिल सुरक्षा गार्डले मजदुरलाई नदिएर आफै राखेका छन । तर मजदुरहरुले भने २६ हजार ४ सय बुझाएका बताए ।

नगरप्रमुख दिलिपकुमार राईको अध्यक्षतामा कोरोनाभाइरस तथा विपद ब्याबस्थान समिती रहेको छ । उक्त समितिको सदस्य समेत रहेका इलाका प्रहरी कार्यालय पथरीका प्रमुख डीएसपी दिलिपकुमार गिरीले पीसीआर परीक्षणको लागि रकम लिने निर्णय नभएको बताए ।

सरकारले नगर्नु भन्ने आदेश उंलघन गरेर रकम लिएको पाइए त्यो “भ्रष्टाचार“ सरह हुने गिरीको भनाइ छ । सोही समितिको सदस्य समेत रहेका पथरी उद्योग वाणिज्य संघका अध्यक्ष दिपक बस्बेतले पीसीआर स्वाब संकलनको पैसा लिएको भए गल्ती हुने बताए ।

गएको स्थानीय निर्बाचनमा नगरप्रमुखको निकटतम प्रतिद्वान्द्वी समेत रहेका नेपाली कांग्रेसका क्षेत्रीय सभापति गणेश खड्काले कोरोना भाइरस परीक्षण गर्न स्वाब संकलनको लागि कसैलाई रकम लिन नहुने विचार राखेका छन ।

स्वास्थ्य कर्मचारी मुरारी आचार्यले भने उक्त नगरप्रमुख दिलिपकुमार राईको निर्देशनमा लिएको प्रतिक्रिया दिए । नगरप्रमुख राईले विदेशी भएकोले रकम लिएको बताए ।

नगरपालिकाको अनुगमन समिती संयोजक समेत रहेकी उपप्रमुख यमुना बिष्ट बास्तोलाले संघीय स्वास्थ्य मन्त्रालयको निर्देशन बिपरित नगरमा आदिकारिक निर्णय बिना मनोमानी रुपमा लिइएको रकम मजदुरलाई फिर्ता गरिदिनु पर्ने बताएकी छन ।

नेपाल सरकार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले तोकेको प्रयोगशाला बाहेक कहि पनि रकम लिन नपाउने ब्यबस्था गरेको छ । मन्त्रालयले भदौ २८ गतेको नियमित पत्रकार सम्मेलन मार्फत देशभर ३४ वटा सरकारी र १३ वटा निजी प्रयोगशालाबाट मात्र बढिका दुई हजार रुपैयाँ लिएर पीसीर परीक्षण गर्न पाइने निर्देशन जारी गरेका छन ।

हरेक प्रदेशमा एउटा सरकारी अस्पतालको प्रयोगशालाले मात्र तोकिएको रकम लिएर पीसीआर परीक्षण गर्न पाउँछन् । प्रदेश १ को लागि कोशी अस्पतालको प्रयोगशालालाई मात्र त्यो अनुमती छ ।

घट्ना विवरण अनुसार मोरङको पथरीशनिश्चरे –१ शिखर चोक नजिकैको कबाडी फलाम खरिद बिक्री केन्द्रका मजदुरहरुलाई आचार्यले गैर कानुनी रुपमा रकम अशुल गरेका हुन ।

कवाडी मजदुरहरु लकडाउनको लामो समयपछि भारतको वेष्ट बंगालबाट १२ दिन अघि पथरी आएका थिए । लकडाउनको कारण काम नचलेको र घर(भारत)बाट भर्खरै आएकोले आफूहरूसँग रकम नभएका ती मजदुरहरुले बताए ।

अस्पतालको गेटमा बस्ने गेटपाल (सुरक्षा गार्ड)ले पैसा नदिइ छिर्न नदिएपछि ६ जनाको २६ हजार ४ सय तिरेर स्वाब दिएको अबुल आलमले बताए । रकम लियो तर तत्काल रसिद नदिएको उनीहरुको भनाइ छ ।


कोरोना भाइरसको लक्षण देखिएका संकास्पद ब्यक्तिहरुको पीसीआर परीक्षण सरकारले निशुल्क गर्दै आएका छन । लक्षण नदेखिएका ब्यक्तिहरुले परीक्षण गर्न चाहेमा दुई हजार लिएर पीसीआर गर्न कोशी अस्पताल बिराटनगरको प्रयोगशालामा मात्र सरकारी अनुमती छ । स्वाब संकलन केन्द्रमा प्रदेशभर पैसा लिन नपाइने १ नम्बर प्रदेशका जनस्वास्थ्य प्रशाशक सागर प्रसाईले बताए ।

सरकारी निर्देशन उलंघन गरेको पाइएमा कार्बाही हुने प्रसाइले बताए । नेपाल सरकारको स्वास्थ्य मन्त्रालयले भदौ २८ गते तोकिएका प्रयोगशालाहरुलाई बढीमा २ हजारसम्म शुल्क लिनसक्ने रकम तोकि दिएका थिए ।

पथरी नगर अस्पतालका कर्मचारी मुरारी आचार्यले सरकारले निर्देशन गरेको चार दिनपछि ३१ गते तोकेभन्दा दोब्बर रकम बढि लिएका छन ।

धरानमा १७९ सहित  प्र ...

ब्लाष्टखबर । धरानमा १७९ जना सहित  प्रदेश १ मा  ...

हामी दशैलाई 'शिउरी प ...

    महेश नेपाली   देशमा गणतन्त्र ...

धरानमा थप १ काेराेना ...

ब्लाष्टखबर । धरान उपमहानगरपालिकाका थप एक काेराेना संक्र ...

पथरीशनिश्चरेमा कोरोन ...

पथरीशनिश्चरे । मोरङको पथरी शनिश्चरे नगरमा पनि कोरो ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved