उर्लाबारी । बाल यौन दुरुपयोगको आरोपमा उर्लाबारीका एक युवा सोमबार पक्राउ परेका छन् ।

उर्लाबारी नगरपालिका–३ का २९ वर्षीय दिनेश मल्लिकलाई मंगलबारे क्षेत्रबाट पक्राउ गरिएको इलाका प्रहरी कार्यालय उर्लाबारीका इन्स्पेक्टर सुवास राईले जानकारी दिए ।

पक्राउ परेका मल्लिकले नौ वर्षीया नाबालिकालाई भदौ १६ गते अनुचित कार्यको प्रयास गरेको अभिभावकले उजुरी दिएका थिए । पक्राउ गरी अनुसन्धान थालिएको इन्स्पेक्टर राईले जानकारी दिए ।

नेपालमा बाल यौन दुरुपयोग गरेको प्रमाणित भएमा नेपालको मुलुकी अपराध संहिता २०७४ को दफा २२५ को उपदफा ३ अनुसार ३० हजार जरिबाना र ३ वर्षसम्म कैद हुन सक्ने व्यवस्था छ ।