ब्लाष्टखबर । धरान ८ मा एक महिला मृत फेला परेकी छिन् ।

कञ्चचनजंगा हाेटलकाे अगाडी बाटाेकाे माथिल्लाे पट्टि ड्रेनमा रहेकाे खाली ठाउँमा अन्दाजी ३५ वर्षकी एक महिला मृत फेला परेकी हुन्र ।

मृतक महिला केहि समय देखी त्यस क्षेत्रमा देखिएदै अाएकाे एक स्थानियले बताएका छन् । उनका अनुसार ति महिला बिहानै देखी त्यहाँ रहेपनि करिव १२ बजे पछि भने मृत अवस्थामा फेला परेकी थिइन् ।

मृत अवस्थामा देखिएपछि स्थानियले प्रहरीलाइ खबर गरेसंगै अहिले इलाका प्रहरी कार्यालयबाट खटिएकाे प्रहरी टाेली घटना स्थल पुगी मुचुल्का उठाउने काम भइरहेकाे छ ।