ब्लाष्टखबर । तेह्रथुमको आठराई गाउँपालिकामा सालनाल सहितकाे नवजात शिशु फेला परेकाे छ ।

बेवारीसे अवश्थामा शिशु फेला परेसंगै प्रहरीले स्थानिय १६ बर्षीया बालिकालाई नियन्त्रणमा लिएकाे छ ।

गाउँपालिकाकाे ४ नम्बर वडा स्थित ईवा कालिपामा बेवारिसे अवस्था शिशु फेला थियाे  । शिशु फेला परेकाे करिव ५ सय मिटर नजिकैबाट प्रहरीले ती बालिकालाई नियन्त्रणमा लिएकाे इलाका प्रहरी कार्यालय आठराइले जनाएकाे छ ।

बिहान करिब ६ बजे स्थानिय एक बृद्धले कपडामा पाेकाे पारेकाे अवस्थामा जिवित शिशु देखेपछि प्रहरीलाई खबर गरेका थिए । खबर पाए लगत्तै प्रहरीले उक्त जिवित शिशुकाे उद्दार गरी स्वास्थ्य सुरक्षाको लागि जिल्ला अस्पताल पाँचथर पठाएकाे ४ नम्बर वडाका वडाध्यक्ष श्याम भट्टराईले बताए ।

उनका अनुसार शिशु फेला परेपछि कहाँबाट शिशु त्यहाँ आयाे भन्ने विषयमा अनुसन्धान गरेसंगै ती बालिकामा शंका उत्पन्न भएपछि प्रहरीले नियन्त्रणमा लिएकाे हाे ।