ब्लाष्टखबर । धरान ११ की २२ वर्षिया साेनी हाङ्गमा लिम्बुकाे मृत्यु प्रकरणमा अनुसन्धानका क्रममा पक्राउ परेकी आमाजुलाइ काेराेना सङ्क्रमण भएकाे छ ।

काेराेना पुष्टि भएपछि उनलाइ घर पठाइएकाे छ । हिजाे साेमबार साँझ आएको रिपाेर्ट अनुसार धरानमा संक्रमण पुष्टि भएका ७ जना मध्ये इलाका प्रहरी कार्यालयकाे थुनामा रहेकी ति महिलामा पनि काेराेना संक्रमण पुष्टि भएकाे उपमहानगरकाे स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहताले बताए । 

साेनी हाङ्गमाकाे माइती पक्षले भने काेराेना सङ्क्रमण भए आइसोलेसनमा पठाउनु पर्नेमा पहुँचका भरमा घर पठाइएकाे भन्दै असन्तुष्टि जनाएकाे छ । साेनीका काका टेकराज तिगेला भन्छन,‘जसले हाम्रो छोरीलाई सँधै तनाव दिन्थ्यो । उही आरोपीलाई घर पठाइयो । पहुँचको भरमा घरै बस्ने सुविधा दिएपछि हामीलाई न्याय पाइएला भन्ने आशा लाग्न छाड्यो ।’ उनले हालसम्म पोष्टमार्टम रिपोर्ट पनि सार्वजनिक नगरिंदा आशंका झन बढेको बताए ।

इलाका  प्रहरी कार्यालय धरानका डिएसपी ज्ञानेन्द्र बहादुर बस्नेत भने संक्रमित महिलालाइ उपचारकाेलागी विपि काेइराला स्वास्थ विज्ञान प्रतिष्ठान पठाइएकाे तर प्रतिष्ठानले हाेम आइसोलेसनमा पठाएकाे बताए ।

उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख यादवका अनुसार ति महिलालाइ सुरूमा प्रतिष्ठानकाे आइसोलेसनमा लगियाे, त्यसपछि काेभिड अस्पताल लगियाे त्यसपछि फेरी ठाउँ सारेर हाेम आइसोलेसनमा पठाइएकाे हाे ।

सोनीको माइती पक्षले उनको आत्महत्या नभई हत्या भएको भन्दै किटानी जाहेरी दिएपछि गत बुधबार प्रहरीले सोही जाहेरीको आधारमा प्रहरीले मृतक साेनीका ससुरा ६१ बर्षीय भीम माबो, देवर २० बर्षीय हेमकुमार माबो, सोनीका आमाजुहरु २८ बर्षीया सञ्जु माबो र २५ बर्षीया विमला माबोलाइ पक्राउ गरेकाे थियाे ।