Trending Tags

भद्रपुरमा १० जना जुवाडे पक्राउ

alt
  • भदौ ३०, २०७७
  • ब्लाष्ट खबर

भद्रपुर । भद्रपुरमा १० जना जुवाडे नगदसहित पक्राउ परेका छन् ।

विशेष सूचनाको आधारमा प्रहरी कार्यालय झापा र वडा प्रहरी कार्यालय भद्रपुरबाट खटिएको प्रहरी टोलीले सोमबार बेलुका भद्रपुर नगरपालिका २ पृथ्वीनगरस्थित सुवास तामाङको घरबाट उनीहरूलाई पक्राउ गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

पक्राउ पर्नेमा घरधनी तामाङसहित भद्रपुर ४ बस्ने माधव राजवंशी, रमेश लिम्बु, राजु लिम्बु, अनीश लिम्बु, भद्रपुर २ बस्ने कर्ण तामाङ , अङगराज दङगाल, आराबहादुर तामाङ, भद्रपुर ६ बस्ने तुरुल राजवंशी रहेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।

प्रहरीले जुवाको खालबाट नगद ८४ हजार ५ सयसहित २१ प्याकेट तास समेत बरामद गरेको डिएसपी थापाले बताए । उनीहरूलाई वडा प्रहरी कार्यालय भद्रपुरमा एक रात राखेर मङ्गलबार जिल्लामा ल्याएर वयान लिइरहेको उनले जनाए । उनीहरुलाइ म्याद थपका लागि जिल्ला प्रशासन कार्यालय लगिने उनले जानकारी दिए ।

कृषिमन्त्री भुसाललाई ...

बिर्तामोड । कृषि मन्त्री घनश्याम भुसालले कृषकको उपस्थित ...

नियम मान्दैनन् याताय ...

विजयपुर । सरकारले लागु गरेको भाडा दर र स्वास्थ्य सुरक्ष ...

धनकुटामा घर भत्कीदा ...

ब्लाष्टखबर । धनकुटामा घरले पुरिदा  ७ महिनाकी नाबाल ...

‘कसैले खाना नखाएको स ...

११ वडामा विभाजित बेलबारी नगरपालिका कुल १ सय ३२ दशमलव ७९ ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved