ब्लाष्टखबर । राप्तीसोनारी गाउँपालिका-१ भौवा भन्ने स्थानबाट १० किलो अवैध लागूऔषध अफिम सहित २ जनालाई प्रहरीले पक्राउ गरेको छ । पक्राउ पर्नेहरुमा दाङ घोराही नगरपालिका-१५ बस्ने ५३ वर्षीय धन बहादुर सेन र सोही ठाउँ बस्ने २४ वर्षीय निशान घर्ती मगर रहेकाे जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएकाे छ ।
अवैध रुपमा लागूऔषध अफिमको कारोबार भईरहेको छ भन्ने सूचनाको आधारमा कार्यालयबाट खटिएको प्रहरीले उनीहरुलाई उक्त परिमाणको अफिम सहित फेला पारी पक्राउ गरेको कार्यालयले जनाएकाे छ । कार्यालयले यस सम्बन्धमा थप अनुसन्धान गरिरहेको जनाएकाे छ ।