ब्लाष्टखबर । भारतमा पछिल्लाे २४ घण्टामा ९२ हजार भन्दा बढि काेराेना संक्रमित थपिएका छन् । लगातार काेराेना संक्रमितकाे दर बृद्धि हुदै गएकाे भारत पछिल्लाे समय सबै सबै भन्दा धेरै काेराेना संक्रमित हुने देशहरूमा अमेरीका पछिकाे देस्राे स्थानमा रहेकाे छ । 

साेमबार त्यहाँकाे केन्द्रिय स्वास्थ तथा परिवार कल्याण मन्त्रालयले पछिल्लाे २४ घण्टामा ९२ हनार ७२ जनामा थप काेराेना संक्रमण पुष्टि भएकाे जनाएकाे छ । पछिल्लाे २४ घण्टामा १ हजार १ सय ३६ काेराेना संक्रमितकाे मृत्यु भएकाे त्यहाँ राष्ट्रिय सञ्चारमाध्यमले जनाएका छन् । 

याे संगै भारतमा कुल संक्रमितकाे संख्या ४८ लाख ४६ हजार ४ सय २८ पुगेकाे छ भने मृत्यु हुनेकाे संख्या ७९ हजार ७ सय २२ जना संक्रमितकाे मृत्यु भइसकेकाे छ ।