ब्लाष्टखबर । धरान १६ का संक्रमित बृद्ध श्रेष्ठ दाम्पतीकाे सम्पर्कमा रहेका  डेरा गरी बस्ने ६ परिवारका १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे छ । 

धरान उपमहानगरपालिकाका स्वास्थ्य महाशाखा प्रमुख उमेश मेहेताका अनुसार श्रेष्ठ दम्पतीलाई काेराेना संक्रमण पुष्टि भएसंगै उनिहरूकाे क्लोज कनट्याकमा रहेका अाधारमा गरिएकाे पिसिअार परिक्षणमा उनकै २ वटा घरमा डेरा गरी बस्ने १३ जनामा काेराेना संक्रमण पुष्टि भएकाे हाे । 

संक्रमण पुष्टि हुनेहरूमा ४५,२९,२९, १४,१७,१२,५७,३२ र ३८ बर्षीया महिला, ५३,२४,५४ र २७ वर्षीय पुरुष रहेका छन् ।