भद्रपुर/ मादक पदार्थ खाएर एक युवकले आफनै आमाको हत्या गरेका छन् ।

आइतबार राति ८ बजे कमल गाउँपालिका ८ ठुलो बाह्रघरेका २४ वर्षिय दिनेश ऋषिदेवले हत्या गरेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ ।

मादक पदार्थलेलट्ठ भएका ऋषिदेवले ५० वर्षिया मीरा ऋषिदेवलाइ धारिलो हतियार बन्चरो र ढुङ्गाले टाउको र खुट्टामा हानेर घट्ना स्थलमा नै हत्या गरेको जिल्लाका डिएसपी राकेश थापाले जानकारी दिए ।

स्थानीयको खबरपश्चात इलाका प्रहरी कार्यालय दमकबाट गएको प्रहरी टोलीले हत्या गर्ने दिनेशलाइ नियन्त्रणमा लिइ अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ ।