ब्लाष्टखबर । एस्ट्राजेनेका र अक्साेफर्ड यूनिभर्सिटीले बनाएकाे कोभिड-१९ विरुद्ध खोपको अन्तिम चरणको परीक्षण पुन: सुरु हुने भएको छ ।

२ वटा परिक्षण सकी अन्तिम परिक्षण हुँदै गर्दा  बेलायतमा एक स्वयंसेवी बिरामी भएपछि खोपका कारण हुनसक्ने आशङ्कामा केही समयकालागि परीक्षणबाट रोकिएको थियो ।

बिरामी र खाेपकाे सम्बन्धमा थप अध्ययन गर्न भनि राेकिएकाे परीक्षण प्रकृया गत मंगलबार राेकिएकाेमा शनिबार खोप सुरक्षित भएको निष्कर्ष निकाल्दै परीक्षणलाई निरन्तरता दिइने अक्साेफर्ड यूनिभर्सिटीले घोषणा गरेको छ।

युनिभर्सिटीले एउटा विज्ञप्तिमा ठूला परीक्षणहरूमा अहिलेको जस्तै "केही सहभागीहरूलाई बिसन्चो हुनसक्ने" उल्लेख गरेको बिबिसिले जनाएकाे छ।

बेलायतका स्वास्थ्यमन्त्री म्याट ह्यान्ककले फेरि खोप परीक्षण हुने समाचारको स्वागत गरेका छन्।