ब्लाष्टखबर । उदयपुरमा खुकुरी प्रहार गरी महिलाकाे हत्या भएकाे छ । कटारी नगरपालिका ११ लखनथुम्का कि ५० वर्षीय डाेर कुमारी  राउतकाे खुकुरी प्रहार गरी हत्या भएकाे हाे ।

राउतका हत्याका अाराेपमा स्थानिय २५ बर्षीय बिनोद भन्ने रोशन राना मगरलाई प्रहरीले पक्राउ गरेको छ । मगरले राउतलाई घरमै आई साथमै बोकेको खुकुरीले शरिरका बिभिन्न भागमा अन्धाधुन्द प्रहार गर्दा राउतको घटनास्थलमा नै मृत्यु भएको ईलाका प्रहरी कार्यालय कटारीले जनाएको छ ।

 घटना पछि फरार रहेका मगरलाई कटारी नगरपालिका -११ हात्तीसुँडे स्थित जङ्गलबाट बिहान साँढे ११ बजे नियन्त्रणमा लिएको कार्यालय कटारीले जनाएको छ ।