धरान/ धरान–१५ का दुई युवासहित चार जना युवालाई मोरङका विभिन्न स्थानबाट पक्राउ गरिएको छ ।
धरान–१५ का १९ वर्षीय अजय तामाङ र २२ वर्षीय च्यामन राईलाई मोरङको केराबारी–१० गैरीगाउँबाट पक्राउ गरिएको हो । उनीहरूसँगै रहेका लेटाङ नगरपालिका–७ का १८ वर्षीय अजय तामाङलाई पनि पक्राउ गरिएको छ । केराबारी प्रहरीले बाटोमा हिँडिरहेको समयमा शङ्का लागेर जाँच गर्दा १ केजी गाँजा बरामद गरेको जनाएको छ ।
केराबारीबाट यसअघि पनि धरान–८ का दुई युवासहित चार जनालाई एक साथ २ केजी गाँजासहित नियन्त्रणमा लिएको थियो । पछिल्लो समय धरानका युवाहरूले केराबारीको बाटो प्रयोग गर्न थालेको प्रहरीले जनाएको थियो ।
त्यस्तै इलाका प्रहरी कार्यालय बुधनगरले एक भारतीय नागरिकलाई ७५ एम्पुल डाइजेपामसहित पक्राउ गरेको छ । भारत पिप्राहा विष्णुपुरका १८ वर्षीय दीपेश यादवलाई पक्राउ गरिएको हो । भारतीय नम्बर प्लेटको मोटरसाइकलमा आउने क्रममा जाँच गर्दा सिटमुनी लुकाएर ल्याउँदै गरेको अवस्थामा पक्राउ गरिएको हो । पक्राउ परेका चारै जनालाई म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।