धरान/ धरान–२० स्थित भालढुंगा सामुदायिक वन उपभोक्ता समुहको क्षेत्रमा रुख कटान प्रकरणमा धरान उपमहानगरपालिकाका मेयर तिलक राईको संलग्नता भए पनि जोगाउन चलखेल भएको भन्दैं धरानका सामुदायिक वन उपभोक्ता समुहले आपत्ति जनाएका छन् ।

धरान क्षेत्रका १५ वटा सामुदायिक वनबाट सयुक्त सामुदायिक वन संघर्ष समिति बनाएर गत शुक्रबार इलाका वन कार्यालय धरानलाई ध्यानाकर्षण पत्रसमेत बुझाएका छन् । संघर्ष समितिका संयोजक जगतबहादुर भारती र सचिव लहरुमाया जिमीले संयुक्त हस्ताक्षर गरि वन कार्यालयलाई बुझाइएको पत्रमा दोषीलाई छुटकारा दिन लागिएको भन्दैं आपत्ति जनाइएको छ ।

निर्दोष व्यक्तिलाई पक्राउ गरि दोषीलाई उन्मुक्ति दिने काम वन कार्यालयले गरे त्यसपछि सृर्जना हुने परिणामको वन कार्यालय नै जिम्मेवार हुने चेतावनीसमेत पत्रमा दिइएको छ । दोषीलाई जोगाउन चलखेल भए संघर्ष समिति कडा कमद चाल्ने पनि ज्ञापन पत्रमा भनिएको छ ।

दुई हप्ता अघि धरान-२० मा मेयर राईको निर्देशनमा समुहका कोषाध्यक्ष भीम बस्नेतको संलग्नतामा १७६ कयुफिट काचो सखुवाको रुख काटिएको आरोप लाग्दैं आएको छ । समुहका अध्यक्ष बुद्धिमान तामाङले किटानी जाहेरी नै दिएका थिए ।

तर चलखेल गरि वन समुह नै विभाजित भर्ई मेयर राई जोगाउन खोजिएको बताइएको छ । अध्यक्ष तामाङले मेयर राई विरुद्ध किटानी जाहेरी दिए पनि वनले कारवाही प्रकृया अगाडी बढाइएको छैन् । अन्य पदाधिकारीहरुले भने मेयर राईको संलग्नताबारे थाहा नभएको भन्दैं वन कार्यालयलाई जवाफ दिएका थिए । मेयर राईले पनि संलग्नता अस्वीकार गदैं आएका छन् ।

श्रोतका अनुसार मेयरको राजनीतिक भविष्य नकिने भन्दैं नेपाली काङ्ग्रेस र नेकपाका माथिल्लो तहमा राजनीतिक सहमति गरि मेयरलाई जोगाउने सहमति भएको बताइएको छ ।

bigyapti-ban