ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा देशभर १ हजार २ सय १ जना कोरोना सङ्क्रमित थपिएका छन् ।

योसँगै नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या ५३ हजार १ सय २० पुगेको छ।

स्वास्थ्य तथा जनसंख्य मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा ८ सय ५२ जना कोरोना मुक्त भएर घर फर्किएका छन्। हालसम्म कोरोना संक्रमण मुक्त हुनेको संख्या ३७ हजार ५ सय २४ पुगेको छ।

देशभर हाल १५ हजार २ सय ६० जना सक्रिय सङ्क्रमित रहेका छन्। त्यसमध्ये ९ हजार १ सय ७ जना संस्थागत आइसोलेसनमा र ६ हजार १ सय ५३ जना होम आइसोलेसनमा छन्।

पछिल्लो २४ घण्टामा १० हजार १ सय ७६ वटा नमूना पीसीआर परीक्षण भएको छ। भने हाल क्वारेन्टिनमा ६ हजार ३ सय ५४ जना रहेका छन्।

मन्त्रालयका अनुसार हाल आइसोलेसनमा १ सय ६० जना र भेन्टिलेटरमा २४ जना सिकिस्त बिरामीहरू रहेका छन्।

देशभर १४ को मृत्यु
मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा देशभर १४ जनाको कोरोना सङ्क्रमणबाट मृत्यु भएको छ। मृत्यु हुनेमा ३ जना महिला र ११ जना पुरुष छन्। यससँगै हालसम्म कोरोनाबाट मृत्यु हुनेको संख्या ३ सय ३६ पुगेको छ।

पछिल्लो २४ घण्टायता मृत्यु हुनेमा पर्सामा ७८ वर्षीया , काठमाडौंमा ७६ वर्षीया महिला र  तनहुँमा ७६ वर्षीया महिला रहेका छन्। त्यस्तै
सुनसरीमा ४३ वर्षीय पुरुष, काठमाडौंमा ५१ र ५४ वर्षीय पुरुष, भक्तपुरमा ७२ र ३८ वर्षीय पुरुष, चितवनमा ६१ वर्षीय पुरुष, स्याङजामा ८५ वर्षीय पुरुष, गोरखामा ४५ वर्षीय पुरुष, कास्कीमा ५१ वर्षीय पुरुष, रुपन्देहीमा ६० र ४० वर्षीय पुरुषको कोरोनाबाट मृत्यु भएको छ।