ब्लाष्टखबर। नेपालमा पछिल्लो २४ घण्टामा १ हजार ४ सय ५४ जनामा संक्रमण पुष्टि भएपछि हालसम्म जम्मा संक्रमितको संख्या ५१ हजार ९१९ पुगेको छ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार शुक्रबार ९ सय ७२ जना संक्रमित निको भएका छन् । मन्त्रालयका अनुसार अहिलेसम्म निको हुनेको संख्या ३६ हजार ६ सय ७२ जना पुगेको छ। 

देशभर १४ हजार ९  सय २५ जना सङ्क्रमितको उपचार भइरहेको छ ।  पछिल्लो २४ घण्टामा पाँच जनाको कोरोना संक्रमणबाट मृत्यु भएसँगै हालसम्म मृत्यु हुनेको संख्या ३२२ पुगेको छ।