विराटनगर । सामुदायस्तरमा फैलिएको कोरोना संक्रमण केही साताअघि नियन्त्रणमा आएको दाबी गरिएको मोरङको रंगेलीमा शुक्रबार थुनुवासहित तीन जनामा संक्रमण देखिएको छ ।
इलका प्रहरी कार्यालय रंगेलीका एक थुनुवासहित तीन जनालाई कोरोना संक्रमण देखिएको हो ।
सामुदायस्तरमा फैलिएको कोरोना केही साता अघि मात्र पूर्ण रुपमा कोरोना नियन्त्रण आएको नगरपालिकाले दाबी गरेको थियो । रंगेली नगरपालिकाले पछिल्लो समय तिरुपति बालाजि मन्दिर क्वारेन्टिन बसेका ९ जना सहित २५ जनाको स्वाब संकलन गरि परीक्षण गर्दा ३ जनामा कोरोना देखिएको रंगेली नगरपालिकाको स्वास्थ्य शाखाका भुपेन्द्र मण्डलले जानकारी दिए ।
कोरोना पुष्टी हुनेमा रंगेली नगरपालिकाका दुई जना कर्मचारी सहित इप्रका रंगेलीको लागुऔषध मुद्दाका एक थुनुवा छन् । संक्रमण भएका थुनुवा भारतबाट लागूऔषध ल्याउने क्रममा ६ दिन अगाडी पक्राउ परेको इप्रका रंगेलीका प्रमुख प्रहरी निरीक्षक लेखनाथ दाहालले जानकारी दिए । सुनवर्षी नगरपालिका – ८ घर भएका २१ वर्षीय ती युवासहित पाँच जना थुनुवाको स्वाब संकलन गरि परीक्षण गरिएको मध्ये एक जनामा संक्रमण देखिएको प्रहरी निरीक्षक दाहालले बताए । अन्यको रिपोट नेगेटिभ आएको छ । थुनुवामा संक्रमण देखिएपछि उनको सम्पर्क गएका प्रहरीको कन्ट्याक ट्रेसिङ गरि परीक्षण गरिने तयारी गरिएको छ ।
संक्रमण देखिएका थुनुवालाई गोठगाउँस्थित आइसोलेशनमा पठाएको प्रहरीले जनाएको छ । कोरोना देखिएका २ जना कर्मचारीलाई रंगेली जनता क्याम्पसकै आइसोलेशनमा राखिएको छ ।
रंगेलीमा साउन १७ गते पहिलो पटक एकै परिवारका १४ जना सहित २२ जनामा समुदाय स्तरमै कोरोना देखिएको थियो । संक्रमण बढेपछि रंगेली नगरपालिकाले रंगेली बजार क्षेत्र पुर्ण रुपमा तीन साता शिल गरेर कन्ट्रयाक ट्रेसिङ्ग गर्दा १ सय ९ जनामा कोरोना देखिएपछी १ सय बेडको आइसोलेसन तयार गरेर कोरोना नियन्त्रणमा सफल भएको थियो । रंगेलीमा पुन संक्रमित देखिएपछि कन्टयाक ट्रेसिङ्ग गरि तत्काल परीक्षण गरेर संक्रमण नियन्त्रणमा अगाडी बढने रंगेली नगरपालिका प्रशासकिय प्रमुख टोम सुवेदीले बताए ।