भोजपुर । भोजपुरमा बिहिवार देखि पुनः लकडाउन शुरु भएको छ । दुई दिनको अन्तरालमा आठ जनामा कोरोना भाईरसको संक्रमण पुष्टि भए पछि जिल्लामा पुनः लकडाउन शुरु भएको हो ।
जिल्ला संकट व्यवस्थापन केन्द्र तथा सल्लाहकार समितीको बैठकले समुदाय स्तरमा कोरोना संक्रमण फैलिन नदिन एक हप्ता लकडाउन गर्ने निर्णय गरेको हो । विहिवार बसेको केन्द्रको बैठकले अत्यावश्यक वाहेक जिल्ला भरका बजार, होटल, शैलुन , मासु पसल , बैंक तथा वितिmय संस्था, सहकारी सस्था , यातयात र जिल्ला प्रवेश गर्ने सम्पुर्ण सिमा नाका बन्द गर्ने निर्णय गरेकोे छ ।
बैठकले सुरक्षा मापदण्ड अपनाएर एम्बुलेन्स , खाद्यान्न ढुवानी गर्ने गाडी र औषधी पसल सञ्चालन गर्न दिने निर्णय गरेको प्रमुख जिल्ला अधिकारी वसन्तराज पुरीले बताए । यस्तै खाद्यान्न तथा तरकारी पसल विहान ६ बजे देखि ९ बजे सम्म र दिउसो ३ बजे देखि ५ बजे सम्म खोल्न दिने निर्णय गरिएको प्रजिअ पुरीले जानकारी दिए । बैठकमा संक्रमितका परिवार र संक्रमितको सम्पर्कमा आएका व्यतिmहरुको पहिचान गरि स्वास्थ्य कार्यालय भोजपुरले पिसिआर परिक्षणको व्यावस्था मिलाउने समेत सहमती भएको जिल्ला प्रशासन कार्यालय भोजपुरले जनाएको छ ।