Trending Tags

घरभित्र दुईवटा ठूला अजिङ्गर खसेपछि...

alt
  • भदौ १७, २०७७
  • बीबीसी नेपाली

एजेन्सी/ अस्ट्रेलियाको क्वीन्स्ल्याण्डस्थित एउटा घरमा छानोबाट दुईवटा अजिङ्गर खसेका छन्।

आफ्नो घरभित्र ठूलाठूला दुईवटा सर्प देख्दा घरधनी डेभिड टेट आश्चर्यचकित भएका थिए। तीमध्ये एउटा उनको शयनकक्षमा थियो भने अर्को चाहिँ बैठक कोठामा।

तिनको कुल तौल २२ किलो भएको बताइएको छ। सर्प समात्ने व्यक्ति स्टीभन ब्राउनका अनुसार ती अजिङ्गरको तौल 'असाधारण' थियो। पोथीका लागि जुध्दै गर्दा ती दुई अजिङ्गर घरभित्र खसेको हुनसक्ने अनुमान गरिएको छ। तर त्यहाँ पोथी सर्प भने फेला परेन।

कार्पेट पाइथनको ती दुई सर्पको लम्बाइ २.८ मिटर र २.५ मिटर रहेको बताइएको छ। टेटले पहिले आफ्नो छतमा सर्पहरू घाम तापिरहेको देखेको बताएका छन्।

'म घर आउँदा भान्साको टेबलमा छानोको एउटा ठूलो खण्ड झरेको थियो,' उनले द कुरीअर मेललाई भने। छानोको अवस्था देखेपछि खोजी गर्दा उनले ती सर्प फेला पारे। त्यसपछि उनले सर्प समात्ने व्यक्तिलाई बोलाए।

नोर्थ ब्रिस्बेन स्नेक क्याचर्स एन्ड रिलोकेशनका ब्राउनले बीबीसीलाई भनेस् 'सामान्य आकारसँग तुलना गर्दा ती दुईको आकार असाधारण थियो।' फेसबुकमा लेखिएको पोस्टमा टेटले आफ्नो छतबाट ती सर्प खसेको घर पुगेपछि मात्रै आफूले थाहा पाएको उल्लेख गरेका छन्।

ब्राउनका अनुसार सर्प नजिक आएको अवस्थामा हलचल नगरी बस्नु उपयुक्त हुन्छ। त्यसो गर्दा सर्पले आफूलाई खतरा भएको भन्ठान्दैनन् र आक्रमण गर्दैनन्। 'सर्पले चाहने भनेको कुनै पनि खतराबाट आफू उम्किनु हो,' उनले भने।

कृषिलाई प्रमुख प्राथ ...

विराटनगर । प्रदेश नं. १ का आर्थिक मामिला तथा योजना मन्त ...

विराटनगरबाट सवा तीन ...

धरान । भारतबाट भन्सार छली गरी भित्र्याइएको करिब सवा तीन ...

राष्ट्रिय जनमुक्ति फ ...

धरान । राष्ट्रिय जनमुक्ति पार्टी ताप्लेजुङ फुङलिङ नगर क ...

विराटनगरमा २१४ र धरा ...

विराटनगर । प्रदेश १ मा आज ६३७ जना कोरोना संक्रमित थपिएक ...

हाम्रो बारेमा

यो वेवसाइट ब्लाष्ट राष्ट्रिय दैनिकको आधिकारिक न्यूज पोर्टल हो । नेपाली भाषाको यो पोर्टलले समाचार, विचार, मनोरञ्जन, खेल, विश्व, सूचना प्रविधि, भिडियो तथा जीवनका विभिन्न आरोह अवरोहका समाचार र विश्लेषणलाई समेटिएको छ । तपाईको सूचनाको भोक मेट्न हामी निरन्तर सूचना प्रवाहमा जागा रहने छौ । राष्ट्रियता, लोकतन्त्र, नागरिक अधिकार, सुशासन र प्रेस स्वतन्त्रताका सवालमा राष्ट्रको पहरेदार भएर हामी लडिरहने छौ ।

सम्पर्क

  • धरान उपमहानगरपालिका-१५ पुष्पलाल मार्ग
  • फोन नं.: ०२५–५२५४५८
  • समाचार शाखाः ०२५–५३३४३५
  • बिज्ञापन शाखाः ०२५–०२५–५३३४१४
  • वेबसाइट: Blastkhabar.com
  • [email protected]

Copyright © 2016 / 2020 - Blastkhabar.com All rights reserved