धरान / लकडाउनको अवधी जोगमनी नाका हुदैं दैनिक नेपाल भित्रने भन्दा पनि नेपालबाट भारत जानेहरुको संख्या बढि पाइएको छ ।
विभिन्न क्षेत्रमा काम गर्ने तथा काम विशेषले भारतमा अडकिएका नेपालीहरु जोगमनी नाका हँुदैं नेपाल प्रवेश गदैं आएका छन् । यस्तै नेपालमा मजदुरी गर्न आएका भारतीयहरुको संख्या बढि देखिएको छ ।

शनिवार ११ जना महिलासहित २३ जना जोगमनी नाकाबाट नेपाल प्रवेश गरेको जिल्ला प्रहरी कार्यालय मोरङका प्रवक्ता डिएसपी मानबहादुर राईले जानकारी दिए ।
जेठ १३ गतेदेखिको प्रहरीको अभिलेखमा हालसम्म ८ सय ७३ महिलासहित ३ हजार ९ सय ४८ जना नेपाल भित्रिएका छन् । उनीहरुलाई १४ दिन क्वारेन्टिनमा राखेर मात्र घर पठाउने गरिएको डिएसपी राईले बताए ।

यस्तै नेपालबाट जोगमनी नाका हुदैं भारत प्रवेश गर्नेको संख्या ६ हजार ५ सय ३३ जना रहेको छ । १५९७ जना महिला रहेका छन् । यो तथ्याङ्कले भारतमा मजदुरी जाने नेपालीको संख्या भन्दा नेपालमा भारतबाट विभिन्न कामको लागि आउनेको संख्या बढि भएको देखाएको छ । ‘चेक जाँच पोष्टको तथ्याङ्कले भारतबाट यताआउने भन्दा उता जानेको संख्या बढि देखिन्छ । यसले भारतीयहरुनेपालमा धेरै भएको बताउछ ।’–डिएसपी राईले भने ।

लकडाउन सुरु भएपछि पनि चैत ११, १२ र १३ गते भारतबाट हजार हाराहारीमा नेपाली आएको तथ्यांक छ । त्यसयता जेठ १२गतेसम्मको अवधिमा लुकिछिपी नाकाबाट प्रवेश गर्ने क्रम बढेको थियो । तीनको यकिन तथ्यांक भने छैन ।

नेपाली बजारमा कपाल काट्ने, चटपटे बेच्ने,पान पसल गर्नेदेखि लिएर ठूला व्यवसाय संचालन गरेर भारतीयहरुको बसोवास रहदैं आएको छ । पहाडी क्षेत्रको कुना कुनामा पुगेर भारतीहरुले व्यपार व्यवसायी गदैं आएका छन् ।