ब्लाष्टखबर । प्रदेश १ मा मंगलबार १०९ जना संक्रमित थपिएका छन् । थपिएकामा २९ महिला र ८० पुरुष रहेका छन् । योसँगै प्रदेश  १ मा संक्रमितको संख्या २ हजार ८ सय २३ पुगेको छ । जसमध्याे प्रदेश १ स्थाइ ठेगाना नभएका ५० जना रहेका छन् ।

अाज मोरङमा ४८, सुनसरीमा ४७, झापामा ८, खाेटाङमा २ जना र प्रदेश २ का ४ जना रहेका छन् ।

संक्रमित मध्ये १० महिला र १६ पुरुषको विराटनगरमा छन् । बेलबारीमा १ महिला २ पुरुष, ग्रमथानमा १ महिला ५ पुरुष, जहदामा १ महिला, धनपालथानमा २ महिला र ५ पुरूष, बुढिगंगामा २ पुरूष, रंगेलीमा १ पुरूष, र पालिका नखुलेकाे १ महिलामा संक्रमण देखिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

मन्त्रालयका अनुसार सुनसरीको गढीमा १ पुरुष, दुहवीमा २ महिला र १४ पुरुष, काेशीमा ५ पुरुष, धरानमा ३ महिला , इटहरीमा ४ महिला ४ पुरूष, देवानगंजमा २ पुरूष, भेक्राहमा ६ पुरूष, बराहक्षेत्रमा ३ पुरूष, इनरूवामा १ हिला र २ पुरूष र पालिका नखुलेकाे १ पुरूषको रिपोर्ट पोजेटिभ आएको छ ।

झापाको कमल गाउँपालिकामा १ महिला १ पुरुष, भदुपुरमा  १ महिला र ३ पुरूष, दमकमा १ पुरूषको रिपोर्ट पोजेटिभ आएको मन्त्रालयले जनाएको छ ।त्स्तै खाेटाङका ेदिक्तेलमा १ पुरूषमा पनि संक्रमण देखिएकाे छ भने, धनुषाका २ पुरूष, सिराहाकी १ महिला र सप्तरीका १ पुरूषमा पनि संक्रमण पुष्टि भएकाे छ । 

 

प्रदेश १ बाट आज ४९ जना डिस्चार्ज भएका छन् । हाल सम्म डिस्चार्ज हुनको संख्या १ हजार ३ सय ३२ पुगेको छ ।