ब्लाष्टखबर । पछिल्लो २४ घण्टामा नेपालमा ८ सय ५५ जना कोरोना संक्रमित थपिएका छन् । योसँगै नेपालमा कोरोना संक्रमितको संख्या ३३ हजार ५ सय ३३ पुगेको छ ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता प्राडा जोगेश्वर गौतमका अनुसार हाल १४ हजार २ सय ५० जना संक्रमित आइसाेलेसनमा उपचाररत छन् ।
हाल सम्म निकाे हुनेकाे संख्या १९ हजार १ सय १९ पुगेकाे छ । मन्त्रालका अनुसार पछिल्लाे २४ घण्टामा ७ जना संक्रमितकाे मृत्यु भएकाे छ । नेपालमा काेराेना संक्रमित मृत्यु हुनेकाे संख्या १ सय ६४ पुगेकाे छ ।