धनकुटा/ नेपाल सरकारको नियमित सरुवा प्रक्रियाबाट धनकुटामा सरुवा भएर आएका २ जना प्रहरीमा कोरोना पोजेटिभ देखिएको छ । ती प्रहरीहरु विराटनगरबाट रमना लिएर हालै सरुवा भई धनकुटा आएका थिए ।
यसअघि शहीदभूमि स्वास्थ्य चौकीका स्वास्थ्यकर्मीलाई कोरोना पोजिटिभ देखिएको थियो । स्वाव परिक्षण गरिए मध्ये ४१ जनाको नेगेटिभ देखिएको स्वास्थ्य कार्यालय धनकुटाका निमित प्रमुख तुलसीप्रसाद गुराँगाईले जानकारी दिए । उनका अनुसार अझै ९० जनाको स्वाव परिक्षणको नतिजा आउन बाँकी छ ।
ती संक्रमित दुवै प्रहरीहरु धनकुटा आएपछि प्रहरी कै क्वारेनन्टिन बसेका प्रहरी प्रमुख एसपी गोविन्द अधिकारीले जनकारी दिए । उनीहरु विराटनगर सशस्त्र प्रहरी गणबाट सरुवा भएर आएका थिए । उनीहरुसँगै गणबाट भोजपुर, संखुवासभा र खोटाङमा सरुवा भएर गएका केहि प्रहरीहरुमा कोरोना पोजिटिभ देखिएपछि स्वाव परिक्षण गरिएको एसपी अधिकारीले जानकारी दिए ।
उनले प्रहरी सरुवाले पहिलो नम्वर प्रहरीलाई नै कोरोनाको संक्रमण हुने भएकाले आगामी दिनमा महामारी अन्त्य नभएसम्म प्रहरीको सरुवा प्रदेश प्रहरी कार्यालयबाटै रोकि सकिएको वताएका छन् । धनकुटा जिल्लाभरबाट पठाइएका जम्मा १ सय ३७ जनामध्ये ४५ जनाको नेगेटिभ आएको छ । अब ९० वटाको रिर्पोट आउन बाँकी रहेको निमित्त प्रमुख गुरागाईले जानकारी दिए ।