बिर्तामोड । झापाको बिर्तामोडमा पनि समुदायस्तरमा कोरोना संक्रमण पुष्टि भएको छ । बिर्तामोड – ५ का दुई परिवारमा कोरोना पुष्टि भएपछि बिर्तामोड नगरपालिकाले रत्न सुपर मार्केट सिल गरेको छ ।
समुदाय मै कोरोना देखिएपछि नगरले कन्ट्रयाक्ट ट्रेसिङका लागि रत्न सुपर मार्केट शिल गरेको बिर्तामोड नगरपालिका स्वास्थ्य शाखाका फोकल पर्सन ओम खड्काले जानकारी दिए । संक्रमीत परिवार त्यहाँका ब्यवसायी हुन् ।