इनरुवा । सुनसरीमा निषेधित क्षेत्रको अवधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जनाए अनुसार भदौ १४ गते राती सम्म निषेधित क्षेत्र कायम रहने छ । सुनसरी प्रशासनले तेस्रो पटक आज निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरेको हो ।
यसअघिको निर्णयको समयावधि आज राती १२ बजे सकिने भएपछि जिल्ला प्रशासन कार्यालयले भदौ १४ सम्मलाई अवधि लमब्याउने निर्णय गरेको हो ।
जिल्लामा कोरोना भाइरसको जोखिम बढ्दो क्रममा रहेकाले सावधानी र सर्तकता बढाउन निषेधित क्षेत्रको अवधि थप गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले जानकारी दिनुभयो ।
उक्त अवधिभर यस अघिबाटै निषेध गरिएका क्रियाकलापहरु स्वतः बन्द रहने भएकाले सोही अनुरुप गर्न र गराउन सुनसरी प्रशासनले आग्रह गरेको छ ।