ब्लाष्टखबर । भारतबाट धरान आएका ३ जनालाई उपमहानगरपालिकासँगको समन्वयमा धरान १७ स्थित एन्फा क्वारेन्टिन पठाइएकाे छ ।  लकडाउन जारि रहिरहँदा बुधबार सुटुक्क धरान छिरेका उनिहरूलाई शुक्रबार धरान ९ स्थित आचार्यलाईनमा फेला पारी क्वारेन्टिन पठाइएकाे वडा १६ का अध्यक्ष दिलकुमार गिरीले बताएका छन् । 

धरान १२ मा डेरा गरी बस्ने उनिहरू श्रीमान, श्रीमती र एक छाेरी रहेका छन् । साइकलमा किराना पसलका सामाग्री बिक्री गर्ने उनिहरू यस अघि लकडाउन खुकुलाे भएसंगै बिहेका लागी घर जाने भन्दै भारत गएकाे११ नम्बरका वडाध्यक्ष टंक बहादुर राईले बताएका छन् ।

  बिहिबार श्रीमान काेठामा आएपछि साेहि घरमा डेरागरी बस्ने अन्यले राेकी वडाध्यक्ष राइलाई खबर गरेका थिए । छिमेकीले राेके पछि त्यहाँबाट हिडेका उनी कता गए भन्ने पत्तालागेकाे थिएन । १६ नम्बर वडामा आफन्तकाेमा गएकाे हुनसक्ने आशंका गरि बिहिबार र शुक्रबार मध्यान्न सम्म खाेजि गरी भेटेपछि क्वारेन्टाइनमा पढाइएकाे वडा नम्बर १६ का अध्यक्ष गिरीले बताएका छन् ।