सिरहा। कोरोना भाइरस परीक्षणका लागि मिर्चैयामा ४५ जनाको नमुना संकलन गरिएको छ । यहाँका विभिन्न क्वारेन्टाइनमा बसेका मानिसहरूको ‘थ्रोट स्वाब’ संकलन गरिएको हो ।
मिर्चैया नगरपाालिका वडा नं. ६ का ४५ वर्षीय पुरुषमा शनिबार कोरोना संक्रमण पुष्टि भएको थियो ।

मिर्चैया नगरपालिकामा कोरोना संकमितको संख्या वृद्धि हुँदै गएपछि संक्रमितको सम्पर्कमा आएका व्यक्तिहरु परिवार र छिमेकी, क्वारेन्टाइन गरी जम्मा ४५ जना स्वाब संकलन गरिएको मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत विजय कुमार महतोले बताए ।

मिर्चैैया नगरपालिकाका स्वास्थ्य शाखा अधिकृत महताले भने संकलित स्वाब पीसीआर जाँचको लागि गजेन्द्र नारायण सिंह सगरमाथा अञ्चल अस्पताल,राजविराज पठाउने गरेको बताए ।