• अमर काफ्ले

इनरुवा / सुनसरीमा निषेधित क्षेत्रको समयावधि थप गरिएको छ । जिल्ला प्रशासन कार्यालय सुनसरीले जिल्लालाई साउन ३२ गते रातीसम्म निषेधित क्षेत्र कायम राख्ने निर्णय गरेको हो ।

भीड नियन्त्रणसँगै कोरोना भाइरसको बढ्दो संक्रमण रोक्नकालागि निषेधित क्षेत्रको अवधि बढाउने निर्णय गरिएको प्रमुख जिल्ला अधिकारी फणिन्द्रमणि पोखरेलले बताउनु भयो ।

साउन २० गते ढुवानी बाहेकका सवारी रोक्दै अत्यावश्यक बजार पसल सीमित समय खोल्ने निर्णय गरेको प्रशासनले भोलिपल्ट २१ गते रातीबाट लागु हुने गरी जिल्लालाई निषेधित क्षेत्र तोकेको थियो ।

निषेधित क्षेत्रको समय थपेको प्रशासनले यस अघिका निर्णयहरु लागु रहने जनाएको छ । सुनसरीमा अहिले सम्म १ सय ९२ जना संक्रमित भेटिएका छन् । जसमध्ये १ सय २४ निको भएका छन् ।