धरान / धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका २ जना डाक्टरमा कोरोना संक्रमण पुष्टि भएको २४ घण्टा वित्दासमेत उनीहरुलाई आवास मै छाडि दिदा बरिपरि बस्नेहरुमा त्रास बढेको छ ।
इएनटी विभाग र माइक्रोबाइलोजी विभागमा काम गर्ने ती चिकित्सक प्रतिष्ठानको चिकित्सकहरुलाई दिएको इ टाइप आवासमा बस्दैं आएका छन् । E9 र E10  भवनमा बस्दै‍ आएका उनीहरुसँगै अरु १० परिवार छन् । संक्रमित पनि सोही भवनमा राखि दिदा अन्य परिवामा त्रास फैलिएको उनीहरुले गुनासो गरेका छन् ।

यता प्रतिष्ठानका प्रवक्ता डा‍ निदेश सापकोटाले उनीहरु आइसोलेटेट भइसकेको मिडियालाई बताएका छन । सोही भवनको अन्य फ्लाटमा बस्ने अन्य चिकित्सकको परिवार त्रासमा छन् । ‘कि हामीहरुलाई यो भवनबाट निकाल्न प–यो कि उनीहरुलाई अन्यत्र लागु प¥यो । उनीहरुलाई आवास भवनमा राखेर आवास भरी कोरोना फैलाउन प्रतिष्ठानले खोजिरहेको छ ।’– उनीहरुसँगै अर्को फ्लाटमा बस्ने एक चिकित्सकका परिवारले भने । उनीहरुलाई आइसोलेसन वार्डमा दुख हुन्छ भनेर नलगिएको उनीहरुकाे भनाई छ ।  

संक्रमित एकजना कपिलबस्तु घर हो भने एक जना जनकपुर हो । केही दिन अघि उनीहरु आ–आफ्नो घर पुगेर आएका थिए । दुवैलाई आफै शंका लागेर पिसिआर परीक्षण गर्दा पोजेटिभ आएको हो । उनीहरुको रिर्पोट हिजो ४ बजेनै आएको थियो । रिर्पोट आए पछि पनि उनीहरु घर मै बसिरहेका छन् ।

यता प्रतिष्ठानका प्रवक्ता डा. निदेश सापकोटाले उहाँहरुको लक्षण नदेखिएका विमारी भएका कारण घर मै आइसोलेटेट भएर बस्न लगाइएको बताए । सरकारले पनि लक्षण नभएका विमारीलाई घर मै बस्ने नियम बनाएकाले उहाँहरुलाई प्रतिष्ठानको आइसोलेसन वेर्ड अभावलाई मध्यनजर गरेर होम आइसोलेटेट गरिएको प्रवक्त सापकोटाले जानकारी दिए । ‘छिमेकीको चिन्ता स्वभाविक हो तर विमारी बढ्दैं जादाँ घरमा बस्नुको विकल्प छैन् । उहाँहरु बाहिर निस्कनु भएको छैन् । अरु पनि सचेत भने हुनु पर्छ ।’