श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २५ गते आइतबार, ०९ अगष्ट २०२० । भाद्र कृष्णपक्षको षष्ठी तिथि २३ः३५ बजेसम्म, उप्रान्त सप्तमी, नक्षत्र रेवती १८ः१३ बजेसम्म, उप्रान्त अश्विनी, चन्द्रमाराशि मीन, सूर्योदय ५ः३२ र सूर्यास्त ६ः४५ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)
समय सामान्यखालको छ । कार्य– व्यवसायमा केही समस्या आइपर्न सक्छ । विश्वासपात्रबाट धोका होला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)
धनलाभ हुन सक्छ । दाम्पत्य जीवनमा खुसीयाली छाउला । आफन्त तथा साथीभाइको सहयोग मिल्ला ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को,ह)
तपाईको लागि आजको दिन खासै अनुकूल नरहला । शरीर अस्वस्थ बन्नेछ । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)
वस्त्र तथा आभूषण प्राप्त हुनेछ । पारिवारिक जीवनमा खुसीयाली छाउला । रमणीय स्थानको भ्रमण गर्ने अवसर मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)
खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइसित रमाइलो भेट होला ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)
समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । नपत्याएका साथीबाट उचित सहयोग मिल्ला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)
समय उत्तमखालको छ । सानो कामबाट ठूलै उपलब्धि हासिल होला । धार्मिक सभा, सम्मेलनमा सहभागी भइएला ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)
शैक्षिक सामाजिक तथा धार्मिक क्ष्ँेत्रमा तपाईको विशेष स्थान रहला । समाजका गन्यमान्य व्यक्तिसित भेट होला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)
शुभ कार्यको चर्चा चल्नेछ । आ“टे ताकेको काम सहजै सम्पन्न होला । साथीभाइको सहयोग प्राप्त भइरहला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)
खेलकुद तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । लाभदायी यात्राको अवसर मिल्ला । शुभसमाचार सुन्न पाइनेछ ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)
धन आर्जनका नया“ स्रोतहरू पत्ता लाग्नेछन् । अवरुद्ध रहेका कामकाजहरू सुचारु हुनेछन् । मन प्रसन्न रहला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)
जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउनेछ ।