ब्लाष्टखबर ।  केहि हप्ता यता भारतमा काेराेना संक्रमणका घटनाहरू तिब्ररूपमा बढिरहेकाे छ । पछिल्लाे २४ घण्टामा इन्डियामा ६१ हजार ५ सय ३७ नयाँ काेराेना संक्रमित पुष्टि भएका छन् ।

पछिल्लाे २४ घण्टामा भारतमा ९ सय ३३ जनाकाे मृत्यु भएकाे भातिय संञ्चारमाध्यमले जनाएकाे छ । हाल सम्म भारतमा २० लाख ८८ हजार ६ सय १२ काेराेना संक्रमित प्रष्टि भएकाे छ ।

जसमा ४२ हजार ५ सय १८ संक्रमितकाे मृत्यु भएकाे भने १४ लाख २७ हजार ६ सय निकाे भएर घर फर्किएका छन् । भारत विश्वमा काेराेना संक्रमितकाे संख्याका अाधारमा तेस्राे मुलुक रहेकाे छ ।