श्री शालिवाहनीय शाके १९४२, ने. सं. ११४०, वि.सं. २०७७ साल साउन २४ गते शनिबार, ०८ अगष्ट २०२० । भाद्र कृष्णपक्षको पञ्चमी तिथि १६ः३५ बजेसम्म, उप्रान्त पञ्चमी, नक्षत्र उत्तरभाद्र १६ः२५ बजेसम्म, उप्रान्त रेवती, चन्द्रमाराशि मीन, सूर्योदय ५ः३० र सूर्यास्त ६ः४७ बजे हुनेछ ।

मेष (चु,चे,चो,ला,लि,लिु,ले,लो,अ)

समय सामान्यखालको छ । शिर तथा आँखासम्बन्धी समस्याले निकै सताउला । आर्थिक सङ्कटको सामना गर्नुपर्ला ।

वृष (इ, उ, ए, ओ, बा, बि, बु, बे, बो)

खेलकुद तथा मनोरञ्जनात्मक कार्यक्रममा संलग्न भइएला । बिछोडिएका साथीभाइहरूसित रमाइलो भेटघाट हुनेछ ।

मिथुन (का, कि, कु, घ, ङ, छ, के, को, ह)

प्रेम र मित्रताको बन्धन कसिनेछ । शरीरमा स्फूर्ति र उम· छाउला । नयाँ अवसर आउनाले मन प्रसन्न रहला ।

कर्कट (हि, हु, हे, हो, डा, डि, डु, डे, डो)

भाग्यले विभिन्न अवसर जुटाउनेछ । नयाँ वस्त्र तथा अलङ्कार प्राप्त हुनेछ । न्यायिक कार्यमा सफलता मिल्ला ।

सिंह (मा, मि, मु, मे, मो, टा, टि, टु, टे)

सुन–चाँदी तथा तत्जन्य कार्य–व्यवसायमा मन जानेछ । मातृपक्षको विशेष सहयोग मिल्ला । शुभ कार्यको चर्चा चल्नेछ ।

कन्या (टो, प, पि, पु, ष, ण, ठ, पे, पो)

समय उत्तमखालको छ । जागिरमा बढुवा तथा स्थानान्तरण होला । राजनैतिक क्षेत्रमा तपाईंको उच्च स्थान रहला ।

तुला (र, रि, रु, रे, रो, ता, ति, तु, ते)

धर्म–कर्म तथा समाज सेवामा मन जानेछ । विद्या र बुद्धिको विकास होला । रोकिएका कामकाज सुचारु हुनेछ ।

वृश्चिक (तो, ना, नि, नु, ने, नो, या, यि, यु)

प्रेम र मित्रताको बन्धन कसिनेछ । शरीरमा स्फूर्ति र उम· छाउला । नयाँ अवसर आउनाले मन प्रसन्न रहला ।

धनु (ये, यो, भ, भि, भु, ध, फा, ढ, भे)

छोटो दूरीको लाभदायी यात्रा हुनेछ । कार्य व्यवसायमा सफलता मिल्नेछ । शुभ समाचार सुन्न पाइएला ।

मकर (भो, ज, जि, खि, खु, खे, खो, गा, गि)

बन्धु बान्धवहरूबाट विशेष सहयोग मिल्ला । राजनैतिक निकायमा तपाईंको उच्च स्थान रहनेछ । मन प्रसन्न रहला ।

कुम्भ (गु, गे, गो, सा, सि, सु, से, सो, द)

समय उत्तमखालको छ । आफ्नो कार्य क्षेत्रमा प्रभुत्व जमाउन सकिनेछ । बोलीको भरमा कार्य सम्पादन होला ।

मीन (दि, दु, थ, झ, ञ, दे, दो, च, चि)

जग्गा–जमिन तथा वाहन खरिद गर्ने अवसर मिल्ला । पारिवारिक जीवनमा खुसीयाली छाउला । मन प्रसन्न बन्नेछ ।