विराटनगर /  मोरङको रंगेलीमा शुक्रबार २९ जनामा कारोना देखिएको मध्ये ७ नम्बर वडामा २३ जनामा संक्रमण पुष्टि भएको छ । सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार रंगेलीमा ७ मा १७ पुरुष र ६ महिलामा संक्रमण देखिएको हो । यस्तै रगेली ६ मा ३ जना, ४ मा २ पुरूष र ५ मा १ जना पुरूषलाई संक्रमण देखिएको छ ।

प्रदेश १ मा एउटै वडामा धेरै संक्रमण देखिएको यो पहिलो पटक हो । रंगेलीमा मात्र कोरोना संक्रमितको संख्या ६३ पुगेको छ । संक्रमणबाट रंगेली ८ का एक जनाको मृत्यु भइसकेको छ । संक्रमण समुदाय स्तरमा फैलिएपछि नगरपालिकाले लकडाउन गरेको छ ।