खाँदबारी । संखुवासभाको खाँदबारीमा ७६ जनाको स्वाव संकलन गरिएको छ । कोरोना भाईरसको संक्रमण हुन सक्ने फ्रन्टलाईनका ७६ जनाको पिसिआर परिक्षणको लागि स्वाव संकलन गरिएको जनस्वास्थ्य कार्यालयले जनाएको छ ।

जनस्वास्थ्य कार्यालयका सुचना अधिकारी रोषन श्रेष्ठका अनुसार जिल्ला अस्पतालमा कार्यरत चिकित्सक सहित २८ जना कर्मचारीको स्वाव संकलन गरिएको हो । खाँदबारी क्वारेन्टाईनमा रहेका, क्वारेन्टाईन व्यवस्थापनमा खट्ने कर्मचारी फ्रन्टलाईनमा काम गर्ने सुरक्षाकर्मी पत्रकार, व्यपारि तथा यातायात व्यवसायीहरुको स्वाव परिक्षण गरिएको हो । संकलित स्वाव पिसिआर परिक्षणका लागि प्रदेश जनस्वास्थ्य प्रयोगशाला विराटनगर पठाईएको छ ।

सूचना अधिकारी श्रेष्ठले हालसम्म ४सय २८ जनाको पिसिआर परिक्षण गरिएकोमा ४३ जनाको रिपोर्ट आउन बाँकी रहेको जानकारी दिए । उनले हालसम्म रिपोर्ट आएकाहरुमध्येमा ५ को पोजेटिभ आएको र पाँचै जना उपचार पछि घर फर्किसकेको बताए । हाल कोरोना मुक्त जिल्लामध्ये संखुवासभा पनि एक हो ।