धरान / होम क्यारेन्टिनमा रहेका प्रदेश १ सरकारका आन्तरिक मामिला तथा कानुन मन्त्री हिक्मतकुमार कार्कीको पिसिआर रिपोर्ट नेगेटिभ आएको छ ।

प्रदेश नं २ का आन्तरिक मामिला मन्त्रीलाई कोरोना पोजेटिभ देखिए पछि कन्ट्याक्ट् ट्रेसिङको आधारमा मन्त्री कार्की होम क्वारेन्टिनमा रहेका थिए । मन्त्री कार्कीसँगै सुरक्षार्थ खटिएका सुरक्षाकर्मी, सचिवालय र मन्त्रालयका कर्मचारीहरुको पनि पिसिआर परीक्षणको रिर्पोट नेगेटिभ आएको मन्त्री कार्कीका प्रमुख स्वकीय सचिव कमल पौडेले जानकारी दिए ।

प्रदेश प्रहरी ऐनको बिषयमा राजधानीमा प्रधानमन्त्रीको बिशेष उपस्थितिमा भएको बैठकमा सातै प्रदेशका आन्तरिक मामिला मन्त्रीहरु सहभागी भएका थिए । प्रदेश नं २ का आन्तरिक मामिला मन्त्री ज्ञानेन्द्र यादवलाई कोरोना पुष्टि भए पछि सबै मन्त्रीमा त्रास बढेको थियो ।